स्वामीकार्तिक खापर गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भरत रोकाया र अध्यक्षमा मैना जौशी उपाध्याय विजयी भएका छन्।
रोकायाले २ हजार ११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले चतुरभुज शाहीले १ हजार ७ सय ५७ सय मत ल्याएका छन्।
यस्तै, नेकपा एकीकृत समाजवादीका चिरिन्जीवी शाहीले १ हजार २ सय ८२ र स्वतन्त्र उम्मेदवार विमल बहादुर शाहीले ३१ मत ल्याएका छन्।
त्यस्तै, निर्वाचित उपाध्यक्ष मैना जोशीले १ हजार ८ सय १० पाएकी छन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १ हजार ६ सय ३७ प्राप्त गरेकी छन्। त्यस्तै, माओवादी केन्द्रका सुरेश बहादुर रोकाया १ हजार २ सय १३ र स्वतन्त्र उम्मेदवार वीर सिंह विकले ४१ मत ल्याएका छन्।
नेपाली कांग्रेसका दुबै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए।
२०७४ सालमा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरन्जीवी शाहीसँग पराजित भएका थिए।
रोकायाले त्यसबेला १ हजार ७ सय ५६ र शाहीले २ हजार ४ सय ५९ मत ल्याएका थिए। शाही २०७४ काे चुनावमा एमालेबाट लडेका थिए। नेकपा फुटेपछि शाही नेकपा एकीकृत समाजवादीमा गए।
निर्वाचित उपाध्यक्ष मैना जोशीले २०७४ मा नेकपा एमालेका उम्मेदवार मिमा बुढासँग पराजय भएकी थिइन्।
मैनाले १ हजार ६ सय ७९ र मिमाले २३ सय ६० मत पाएकी थिइन्। स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेको फुटले कांग्रेसलाई फाइदा भएको अनुमान गरिएको छ।