मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ।
निर्वाचन अधिकृत मैंया कँडेलका अनुसार कांग्रेस उम्मेदवार सुरेन्द्र श्रेष्ठले हालसम्म ३८९० मत पाएका छन्।
त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार मदन सुन्दर श्रेष्ठले २६३९ मत पाएका छन्।
यस्तै उपप्रमुख उम्मेदवारमा नेकपा एमालेले ३०६१ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रले २३१९ मत पाएका छन्। हालसम्म वडा नम्बर १ र २ को मत गणना भइसकेको छ।
अहिले वडा नम्बर ३ को मत गणना भइरहेको छ।