भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू हुने भएको छ।
आफ्नो पार्टीको चुनाव चिह्न सूर्यमा लगाइएको छाप धमिलो भएको कारण देखाएर बदर गरिदिएको भन्दै एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो।
त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलीय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो। सर्वदलीय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ।
यसअघि त्यस्तै अरू छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको उनीहरूको आरोप थियो। बैठकमा पनि एमालेले यही कुरा राखेको थियो। तर मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले उक्त मत सदरमा गन्न नमानेपछि एमाले प्रतिनिधि बाहिर आएका थिए। बाहिर आएर उक्त मत बदर नै गर्ने कुरामा सहमत भएर फर्किए।
सर्वदलीय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ।