भरतपुर महानगरपालिकामा भइरहेको मतगणना रोकिएको छ।
मतपत्रमा लगाइएको छापको विषयमा विवाद भएपछि एमाले प्रतिनिधिले गणनास्थलमै हुटिङ गरिरहेका छन्।
मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको भन्दै बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएका हुन्।
यसअघि त्यस्तै अरू छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको उनीहरूको आरोप छ। उनीहरूको विरोधपछि चितवनका सिडिओ, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्दै छ।