नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट २८१२ मतका साथ अग्रस्थानमा छन्।
दोस्रोमा उक्लिएका एमालेका पशुपतिदयाल मिश्रले १४११ मत पाएका छन्।
यस्तै, उपमेयरमा जसपाका कमरुद्दिन राईको १८८३, राप्रपाकी विन्दु चर्ती मगरको ११३० र नकेपा एमालेकी शान्तिदेवी ढकालको ८९७ मत आएको छ।
नेपालगञ्जमा वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ।
अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ। नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो।