विराटनगर महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार शिल्पा निराला कार्कीले सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई ठूलो मतले पछि पारेकी छन्।
उपमेयरमा कार्कीले यादवलाई हजारभन्दा बढी मतले पछि पारेकी हुन्।
कार्कीले २७६२ मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले १६३२ मत ल्याएका छन्। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले पनि मतान्तर फराकिलो बनाएका छन्। उनी ८६८ मतले अगाडि छन्। कोइरालाले ३१३० मत ल्याउँदा एमालेका सागर थापाले २२६२ मत ल्याएका छन्।