सल्यानकाे दार्मा गाउँपालिकामा मत गणना स्थगित भएकाे छ।
वडा नम्बर १ र २ काे गणनमा गडबड भएकाे भन्दै नेपाली कांग्रेसले विराेध जनाएपछि मत गणना स्थगित भएकाे छ।
मत गणनास्थल बाहिर कांग्रेसले नाराबाजी गरेकाे छ भने पुनः मत गणना गर्न माग गरेकाे छ। अहिले सर्वदलीय बैठककाे तयारी छ।
यसैक्रममा नाराबाजीकाे तस्बिर र भिडिओ खिचिरहेका पत्रकार प्रकाश शर्मामाथि हातपात भएकाे बताइएकाे छ।