धरान उपमहानगरमा गठबन्धनका मेयर र उपमेयर दुवै उम्मेदवारले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्।
धरानमा हालसम्म ५६०७ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका किशोर राईले २८४९ मत पाएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९९३ मत पाएका छन्।
एमाले उम्मेदवार मन्जु भण्डारी १४३६ सहित तेस्रो स्थानमा छिन्।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा २९७९ मतसहित अग्रतामा छन् भने १८९१ मत ल्याएका एमालेका पदम इस्बो लिम्बुले पछ्याइरहेका छन्।