जुम्लाको कनकासुन्दरीको एउटा वडामा दलित समुदायका स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्।
कनकासुन्दरी–८ मा वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका चार जना स्वतन्त्र उम्मेदवाहरू सबै पदमा निर्वाचित भएका हुन्।
दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका रूपमा कामीलाई अघि सारेका थिए।
धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीले २२० मत ल्याएका छन्। वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन्।
महिला सदस्यमा भने कांग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन्।
वडामा दलित समुदायका स्वतन्त्र उम्मेदवारले जितेपछि र्याली निकालिएको छ।