बुढीगंगा मतदान केन्द्रमा भएको विवाद बुझ्न निर्वाचन आयोगका निर्वाचन आयुक्त जबरा बाजुरा आएका छन्।
नगरपालिकाका चार वडामा भएको विवादको अवस्था बुझ्नका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त जबरा आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आइपुगेका हुन्।
उनले वडामा भएको विवादबारे जानकारी लिने जनाइएको छ।
नगरपालिकाका १० वटै वडाको मतदान स्थगत गरेको सूचना शनिबार रातिमात्र निर्वाचन आयोगले जानकारी गराएको थियो।
शुक्रबार मतदान कार्यका क्रममा चार वडामा झडप हुँदा त्यहाँकाे अवस्था तनावग्रस्त भएको थियाे।
त्यस दिनदेखि त्यहाँ विवाद कायमै छ ।