चितवनको रत्ननगर नगरपालिकामा २ हजार ५ सय भोट गणना गर्दा गठबन्धनबाट कांग्रेसका प्रल्हाद सापकोटाले एक हजार ४ सय ८ मत पाएका छन्।
त्यस्तै एमालेकी विमलादेवी दुवाडीले ८ सय २७ मत ल्याएकी छन्।
अर्को नगरपालिका खैरहनीमा ५ हजार ८ सय ४४ मत गणना गर्दा गठबन्धनबाट कांग्रेसका शशी खनियाले ३ हजार २६ मतत पाएका छन्। एमालेका लालमणि चौधरीले १ हजार ७ सय ९६ मत पाएका छन्।
इच्छाकामना गाउँपालिकामा एमालेका दानबहादुर गुरुङले १ हजार ४ सय ३१ मत पाएका छन्। त्यस्तै गठबन्धनबाट कांग्रेस गीता गुरुङले १ हजार २ सय ७३ मत पाएकी छन्।