सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेसले मतान्तर बढाएको छ। अहिसम्मको मतगणनामा कांग्रेसका मेयर उम्मेदवार नागेन्द्र प्रसाद यादवले एक हजार सात सय ७६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा) का निरसल साहले एकहजार ९७ मत ल्याएका छन्।
निर्वतमान मेयर साहले कांग्रेसबाट टिकट नपाएपछि जसपा प्रवेश गरेका थिए।
त्यसैगरि कांग्रेसकै उपमेयर उम्मेदवार शकुन्तलादेवी साहले नौ सय ८९ मत ल्याएकी छन् भने जसपाकी उपमेयर उम्मेदवार पानो देवीले नौ सय २६ मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका मेयर उम्मेदवार शमिम खाँले तीन सय ७९ र उपमेयर उम्मेदवार चुनुदेवी चौधरीले एक सय ८४ मत ल्याएकी छन् ।