बाराको जितपुर सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले मेयरमा झन्डै ७ सय मतले अग्रता लिएका छन्।
पौडेलले २ हजार ९ सय ३३१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार सरस्वती देवी चौधरीले २ हजार २ सय ४१ मत ल्याएकी छन्।
उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले २ हजार ८ सय ७१ मत ल्याएकी छन्। एमालेका भोला अधिकारीले २ हजार ३ सय ९२ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा जीतपुर सिमरामा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो।