रुपन्देहीको देवदह नगरपालिकामा ५ हजार २९२ मत गणना हुँदा एमालेका ध्रुव खरेलले अग्रता कायमै राखेका छन्।
मेयर उम्मेदवार खरेलले १ हजार ९ सय ९५ मत ल्याउँदा नेपाली कांग्रेसका हिरा केसीले १ हजार ८ सय ९४ मत ल्याएका छन्।
यसअघि पनि देवदहका मेयर रहेका केसी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।
त्यस्तै उपमेयरमा पनि यसअघिकै उपमेयर रहेकी एमालेकी विद्यालक्ष्मी गुरूङ २ हजार १ सया मतले अगाडि छन्। उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले १ हजार २३० मत प्राप्त गरेकी छन्।