झापाको दमक नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
एमालेका मेयर उम्मेदवार गीताकुमारी अधिकारी (पौडेल) १ हजार ७ सय ३२ मतसहित अगाडि छन्।
यहाँ सत्तागठबन्धनबाट राप्रपाका राम थापा मेयर उम्मेदवार छन्। थापाले एक हजार ६ सय ४८ मत ल्याएका छन्।
यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो।
यहाँको उपमेयरमा भने कांग्रेसको अग्रता छ।
अहिलेसम्म दमकमा ४५४१ मत गणना भएको छ। नगरमा ३९ हजार ९४९ मत खसेको छ।