बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन्।
विकले २ हजार २ सय ८५ मत पाएका हुन्।
उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन्। घर्तीले १९९५ मत पाएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि बागी उम्मेदवादी दिएका थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोक्का विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार थममाया घर्तीलाई हराए।