काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।
बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्। मतगणना जारी छ।
महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।
वडा नम्बर १मा बालेन शाहले ४४९ मत, सिर्जना सिंहले २७७ र केशव स्थापितले २०३ मत पाएका छन्।
वडा नम्बर २मा शाहले ४५७, सिंहले १६० र स्थापितले ३०२ मत पाएका छन्।
वडा नम्बर ३मा शाहले २१४, सिंहले १३५ र स्थापितले १५४ मत पाएका छन्।
वडा नम्बर ४मा शाहले ४७१, सिंहले २११ र स्थापितले २३९ मत पाएका छन्।
त्यस्तै वडा नम्बर ३२ मा भने शाहले ४८०, सिंहले २२३ र स्थापितले २६६ मत पाएका छन्।