नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता बढाउँदै लगेका छन्।
विष्ट प्रतिष्पर्धी भन्दा करिब तेब्बर मतान्तरले अगाडि छन्। विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका नन्दलाल वैश्यले ३६६ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ३४० मत मात्रै प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरमा जसपाका कमरूद्दिन राईले ८६२, राप्रपाकी विन्दु चर्ती मगरले ४४५ र एमालेकी शान्तिदेवी ढकालले २९३ मत प्राप्त गरेका छन्।
नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ। अहिले वडा नम्बर १, २, २० र २१ को मतगणना जारी छ।