जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता कायम राखेका छन्।
घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका साहले आइतबार बिहानसम्म ८६९ मत पाएका छन्।
यस्तै उनका प्रतिस्पर्धी शिवशंकर साहले ४६१ मत पाएका छन्। साहले चार सय बढी मतान्तर कायम राखेका छन्।
आँप चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले २२४ मत पाएका छन्।
सत्ता गठबन्धनतर्फबाट जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साहले १४५ मत पाएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मनोज चौधरीले भने १६४ मत पाएका छन्।