सत्तारूढ गठबन्धनले धरान उपमहानगरपालिकामा अग्रता कायमै राखेको छ।
गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार किशोर राईले १३४० मतसहित अगाडि छन्। उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन्। एमाले उम्मेदवार मञ्जु भण्डारीले ७०६ मत पाएकी छन्।
हालसम्म धरानमा ३५ सय मतगणना भइसकेको छ। मतगणना जारी छ।