बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
पछिल्लो मतगणना अनुसार बाराको कलैया उपमहानगरपालिकाको प्रमुमा एमालेका विनोद साहले ११७७ मत पाएका छन्।
उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश राय यादवले ६११ मतसहित पछ्याइरहेका छन्।
यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता कायमै राखेको छ। एमालेकी रौशन प्रवीणले ९५७ मत ल्याएर अग्रता लिइरहेकी छन्।
उनलाई सत्ता गठबन्धनका तर्फबाट जसपाका प्रमोद गुप्ताले ६०२ मत ल्याएर पछ्याइरहेका छन्।