विरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले १४३० मत पाएका छन्।
उनलाई नेकपा एमाले-लोसपा गठबन्धनका विजय सरावगीले पछ्याइरहेका छन्। सरावगीले ७२२ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।