रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्।
कांग्रेस उम्मेदवारले ८७१ मत ल्याएका छन्।
यहाँ एमाले उम्मेदवार मोहन चापागाईंले ७६८ मत ल्याएका छन्।
उपमेयरमा एमालेको उम्मेदवारले ७०९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रको उम्मेदवारले चार सय चार मत ल्याएका छन्।
वडा नम्बर १ र १७ को मतगणना भएको हो। अहिलेसम्म २१ सय ५४ मतगणना भएको छ।