सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
आइतबार बिहानसम्म मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १८४२ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले १२७८ मत ल्याएका छन्।
उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार बिष्टले १३६० मत पाएका छन् भने एमालेकी संगीता चौधरीले १२८५ मत पाएकी छन्।
२०७४ मा इटहरीमा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो।
मतगणना जारी छ।