चन्द्रागिरि नगरपालिकाको मेयरमा सत्ता गठबन्धनले अग्रता लिएको छ।
गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेका घनश्याम गिरीले एमालेका उम्मेदवार उत्तमबाबु राउतलाई पछि पारेका हुन्।
निर्वाचन अधिकृत सृजना थपलियाले सेतोपाटीलाई दिएको जानकारीअनुसार ५२ सय मत गन्दा कांग्रेस उम्मेदवारले एमालेका उम्मेदवारलाई ४७५ मतले पछि पारेका हुन्।
कांग्रेसका गिरीले २१९३ मत पाउँदा एमालेका राउतले १७१८ मत पाएका छन्। मेयर पदमा ८८५ मत बदर भएको छ।
सुरूमा यो पालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए।
यसअघि १७०० मत गन्दा एमालेका उम्मेदवारले ८०२ मत पाएको थियो। कांग्रेसका उम्मेदवारले ६६० मत पाएको थियो।
यस्तै उपमेयरमा भने एमालेकै उम्मेदवारले अग्रता कायम राखेको छ। उपमेयर उम्मेदवार बसन्ती श्रेष्ठले १८०१ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उपमेयर उम्मेदवार रोशन दानीले ७३६ मत पाएका छन्। राप्रपाका उम्मेदवारले २२३ मत पाएका छन्। निर्वाचन अधिकृत थपलियाका अनुसार उपमेयर पदमा २०४१ मत बदर भएको छ।