नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकामा अग्रता लिएको छ।
पछिल्लो मत गणना अनुसार एमाले उम्मेदवार अनन्त पौडेलले १ हजार १ सय १ मत ल्याएका छन्।
सत्ता गठबन्धनका संयुक्त उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले १ हजार ६५ मत पाएकी छन्। राप्रपाका दिपक सिंहले १ हजार २७ मत ल्याएका छन्।
अहिलेसम्म ३ हजार ६ सय ४२ मत गणना भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
उपमेयरमा पनि एमालेले अग्रता कायमै राखेको छ। एमालेकी सुमित्रा काफ्लेले १ हजार ६ सय ५ मत ल्याएर अग्रता बढाउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले १ हजार ३ सय १३ मत ल्याएका छन्।
हेटौंडामा राप्रपाकी ईन्दिरा न्यौपानले २ सय ११ मत पाएकी छन्।