विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणना अनुसार विराटनगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले १०३८ मत पाएका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले मत २७७ मत पाएका छन्।
महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निरौला कार्कीले अग्रता लिएकी छन्। उनले ८५३ मतसहित अग्रता कायम गरेकी छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन्।
१ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइहरेको छ।