स्थानीय तह निर्वाचन २०७९ का नतिजा आउने क्रम जारी छ।
भोजपुरका ९ पालिकामध्ये एमाले र नेपाली कांग्रेसले चार-चार पालिकामा अग्रता लिएका छन्।
एउटा गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ।
साल्पासिलिछो गाउँपालिकामा एमालेले अग्रता छ। अध्यक्षमा एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले ५५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका दौलथकुमार कुलुङले ४९४ मत पाएका छन्।
षडानन्द नगरपालिकामा एमालेका उम्मेदवार अगाडि छन्। एमालेबाट उम्मेदवारी दिएका सुरेन्द्रकुमार उदासले ३८४ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका वीरबल राईले २७१ मत पाएका छन्।
पौवादुङमा गाउँपालिकामा पनि एमालेकै उम्मेदवार अगाडि छन्। एमाले उम्मेदवार किरण राईले ३६९ मत ल्याएका छन्। नेपाली कांग्रेसका टेक नरसिंह कार्कीले ३३४ मत पाएका छन्।
रामप्रसाद राई गाउँपालिकामा पनि एमालेका उम्मेदवारले ४८५ मत ल्याएर अग्रता कायम गरेका छन्। माओवादी केन्द्रका प्रतिस्पर्धी उम्मेदवार थामबहादुर राईले २२२ मत ल्याएका छन्।
त्यसैगरी अरूण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका शालिकराम खत्रीले ११३१ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद घिमिरेले ८४६ मत पाएका छन्।
भोजपुर नगरपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ६५६ मतसहित नेपाली कांग्रेसका कैलाशकुमार आलेले अग्रता कायम गरेका हुन्।
एमालेका भरतकुमार तामाङले भने ५९४ मत पाएका छन्।
टेम्केमैयुङ गाउँपालिकामा नेपाली कांग्रेसका सरोज बस्नेत ५०२ मतले अगाडि छन्। नेकपा एमालेका ध्रुवराज राई ३९९ मतसहित दोस्रो स्थानमा छन्।
हतुवागढी गाउँपालिकामा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र कार्कीले ७७४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईले ७१८ मत पाएका छन्।
नेकपा माओवादी केन्द्रले भने एक पालिकामा अग्रता कायम गरेको छ।
आमचोक गाउँपालिकामा अशोक राईले ७३४ मत पाएका छन्। नेकपा एमालेका बसन्त राईले ६४८ मत पाएका छन्।