नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीका मेयर र उपमेयर उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा एकीकृत समाजवादीका शम्भु साहले ११४७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३२० मत ल्याएका छन्। कांग्रेसका मोहनकुमार यादवले २०० मत ल्याउँदा एमालेका अनिलकुमार मिश्रले २३ मत पाएका छन्।
उपमेयरमा पनि एकीकृत समाजवादीकी शैलकुमारी साहले ७७५ मत पाएकी छन्। उनलाई कांग्रेसकी शाहजान खातुनले ४४८ मत ल्याएर पछ्याइरहेकी छन्।
गौरको वडा नम्बर १ मा एकीकृत समाजवादीका लालबाबु चौधरीले वडाध्यक्ष जितेका छन्। उक्त वडामा उनको प्यानलै विजयी भएको छ।