सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा स्थानीय तहको मतगणना जारी छ।
अहिलेसम्म व्यास गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्। एमालेका मंगलसिंह धामीले १९५ मत पाएका छन् भने कांग्रेसका दीलिपसिंह बुढाथोकीले १५६ मतका साथ उनलाई पछ्याइरहेका छन्।
दुहु गाउँपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन्। कांग्रेसका पुलेन्द्रबहादुर कार्कीले ५२२ मत ल्याउँदा एमालेका नरेशबहादुर सिंह बडालले ५१० मत पाएका छन्।
महाकाली नगरपालिका एमाले अगाडि छ। एमालेका मेयर उम्मेदवार नैनसिंह चौंसिरले १४६० मत पाएका छन् भने कांग्रेसका हंसराज भट्टले ११४१ मत ल्याएरका छन्।
नौगाड गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ। अध्यक्षमा माओवादीका दलजितसिंह धामीले १७७७ मत पाएका छन् भने एमालेका प्रेमसिंह धामीले १६०३ मत ल्याएका छन्।
मालिकार्जुन गाउँपालिकामा पनि एमाले उम्मेदवार अगाडि छन्। एमालेका हिरासिंह धामीले ९५० मत ल्याउँदा कांग्रेसका नरेन्द्रसिंह धामीले ५६७ मत ल्याएका छन्।
लेकम गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ। माओवादीका रामदत्त जोशीले ९४२ मत पाएका छन् भने एमालेका परमानन्द जोशीले ६५८ मत ल्याएका छन्।
सबै पालिकामा मतगणना जारी छ।