काठमाडौं महानगरमा लौरो चुनाव चिन्ह भएका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक नतिजामा अग्रता लिइरहेका बेला रोल्पामा सोही चिन्हमा चुनाव लडेका स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्।
निर्वाचन आयोगका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर २मा स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरीले वडाध्यक्ष जितेका छन्।
उनले ५०७ मत पाएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका शान्तराम शाहले ४६९ र कांग्रेसका रोशन गिरीले ४२३ मत ल्याए। अर्का स्वतन्त्र उम्मेदवार बेगमध्वज थापाले १३१ मत पाए।
उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ।