काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म तीन हजार ४९ मत गणना गरिएको छ।
बालेन ९८० मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।
स्थापितले ८०० मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत ल्याएकी छन्। मतगणना जारी छ।