मकवानपुरको थाहा नगरपालिकाको मेयर र उपमेयरमा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा माओवादी केन्द्रका बिष्णुबहादुर बिष्टले ११२९ मत पाएका छन् भने एमालेका अचुतमप्रसाद ढकालले ७२८ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसका भरत गोपालीले ९८४ मत पाएकी छन् भने एमालेकी कल्पना वलामीले ७५५ मत ल्याएकी छन्।
२०७४ मा पनि थाहा नगरमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। उनीहरूले त्यतिबेला जित हात पारेका थिए।