काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा कांग्रेसका मोहन बस्नेतले १९७४ मत पाएका छन् भने एमालेका श्रीराम आचार्यले १३९८ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसकी बसन्ती तामाङले २०४६ मत पाएकी छन् भने एमालेकी इन्दिरा न्यौपानेले १३५६ मत ल्याएकी छन्।
२०७४ मा दक्षिणकालीमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो।