बाराको जितपुर सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले ५ सय भन्दा धेरै मतले अग्रता लिएका छन्।
माओवादीका पौडेलले २ हजार ६ सय ११ मत ल्याएको सहायक निर्वाचन अधिकृत बलराम न्यौपानले जानकारी दिए।
नेकपा एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले २ हजार ६५ मत ल्याएकी छन्।
लोसपाका सञ्जयकुमार साहले १ हजार १ सय २ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले २ हजार ५ सय ३५ मत ल्याएकी छन्।
एमालेका भोला अधिकारीले २ हजार १ सय ५० मत ल्याएका छन्।
लोसपाका विपी मोक्तानको १ हजार ९९ मत आएको छ।
२०७४ को निर्वाचनमा जीतपुर सिमरामा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो।