काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा कांग्रेसका राजकुमार नकर्मीले ७७६ मत पाएका छन् भने एमालेका केशरत्न बज्राचार्यले ४८८ मत ल्याएका छन्। माओवादी केन्द्रका शिवशरण महर्जनले ४२० मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी शुभलक्ष्मी शाक्यले ७२८ मत पाएकी छन् भने एमालेकी विन्दु महर्जनले ६७६ मत ल्याएकी छन्। माओवादीकी सुशीला बस्नेतले १९८ मत पाएकी छन्।
२०७४ मा कीर्तिपुरमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो।