सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ११२९ मत पाउँदा एमालेका यामकुमार सुब्बाले ७२४ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवारको अग्रता लिएकी छन्। एमालेकी संगीता चौधरीले ७९३ मत ल्याएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले ७५५ मत ल्याएका छन्।
मतगणना जारी छ।