स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ५४ प्रतिशत मत पाएका छन्।
जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान मेयर चिरिबाबु महर्जनले ६०० मत गणनामा ३२६ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याएका छन्।
मतगणना सुस्त भएसँगै त्यहाँ भोलिदेखि दुई ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए।