जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता तिब्र पारेका छन्।
नेपाली कांग्रेसका बागी उम्मेदवार सुडीले ७९० मतका साथ अग्रस्थानमा छन्। सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले २५१ मत ल्याएका छन्।
कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए। उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन्। उनले ५३ मत पाएका छन्।
त्यस्तै तेस्रो स्थानमा लोसपाका मनोज चौधरीले १७१ मत पाएका छन्। चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १६६ मत पाएका छन्।