कैलालीको टीकापुर नगरपालिकामा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ।
शनिबार साँझ सकिएको वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त पार्टीबाट बलवीर थारू पहिलो वडाध्यक्ष बनेका छन्।
वडाध्यक्षमा थारूले ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याएर विजयी भएका छन्। नागरिक उन्मुक्ति पार्टी गत पुस २० गते मात्रै दर्ता भएको थियो।
टीकापुरको मेयर र उपमेयरमा पनि उक्त पार्टीका उम्मेदवार प्रतिष्पर्धी उम्मेदवारभन्दा अगाडि छन्।