दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) ले ११४९ मतसहित अग्रता कायमै राखेका छन्।
उनलाई नेकपा एमालेका यसअघिका मेयर तथा पोलिटब्यूरो सदस्य नरूलाल चौधरीले ९५४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा सत्तागठबन्धनबाट कांग्रेसको उम्मेदवारले १२३६ मत ल्याउँदा एमालेको उम्मेदवारले ९१६ मत ल्याएका छन्।
यहाँको उपमेयरमा नेपाली कांग्रेसबाट भुपबहादुर डाँगी र एमालेबाट हुमा डिसीले प्रतिष्पर्धा गरिरहेका छन्।