नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार कांग्रेस नेपालगञ्जका नगरसभापतिसमेत रहेका नगर प्रमुख पदका उम्मेदवार विष्टले ४१० मत प्राप्त गरेका छन्।
कांग्रेसका विष्ट निकटतम् प्रतिद्धन्दी भन्दा १७२ मतले अगाडि छन्।
यहाँ नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार पशुपतिदयाल मिश्रले २३८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख पदका उम्मेदवार नन्दलाल वैश्यले २१२ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का कमरूद्धिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगर २५९ र नेकपा एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गरेकी छन्।
मतगणना भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा भइरहेको छ। मतगणना ढिलो भएको भन्दै सर्वसाधारणले आक्रोश पोख्न थालेका छन्।