सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिँदा उपमेयरमा एमाले उम्मेदवारले अग्रता पाएका छन्।
१३३१ मत गणना हुँदा मेयरका काँग्रेस उम्मेदवार हेमकर्ण पौडेलले ६६८ मत पाएका छन्।
एमाले उम्मेदवार याम सुब्बाले ४४६ मत पाएका छन्।
उपमेयर पदमा एमालेकी संगीता चौधरीले ५०६ मत पाउँदा गठबन्धनतर्फका एकीकृत समाजवादीका उम्मेदवार केशव विष्टले् ४१७ मत पाएका छन्।