नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्।
मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपमेयर कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन्।
नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्। एमालेकी उपमेयर उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन्।
मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्।
यसअघि ०७४ को स्थानीय चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा जितेको थियो।