नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयरमा एमाले उम्मेदवारको अग्रता कायमै रहँदा उपमेयरमा कांग्रेस उम्मेदवार अघि बढेका छन्।
हालसम्म दमकमा २१५९ मत गणना भएको छ। त्यसमा एमाले मेयरकी उम्मेदवार गीता अधिकारीले ९५९ मत पाएकी छन् भने महागठबन्धनबाट राप्रपा उम्मेदवार राम थापाले ८९५ मत पाएका छन्।
उपमेयरमा महागठबन्धनबाट कांग्रेस उम्मेदवार रेगिना भट्टराईले ८८६ मत पाउँदा एमाले उम्मेदवार अम्बिका खनालले ८४४ मत पाएका छन्।
मतगणना जारी छ।