पोखरा महानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ।
२०० मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ७७ मत पाएका छन्।
यस्तै नेकपा एमालेका कृष्ण थापाले ७४ मत पाएका छन्।
यस्तै उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत पाएकी छन्।
यस्तै एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले ८५ मत ल्याएर अग्रता लिएकी छन्।