पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ।
दुई हजार २२४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायम राखेको हो।
नेकपा एमालेका मेयर उम्मेदवार विमला अर्यालले एक हजार ९४ मत पाउँदा कांग्रेसका अर्जुनकुमार पोखरेलले ७०४ भोट ल्याएका छन्।
उपमेयरमा नेकपा एमालेका सूर्यप्रसाद दुवेले एक हजार १ भोटका साथ अग्रता बनाएका छन्। माओवादी केन्द्रका लेखनाथ खरेलले ५७२ भोटका साथ पछ्याइरहेका छन्।