कास्कीको रूपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
एमालेका नवराज ओझाले ४९७ मत पाएका छन् भने कांग्रेसका गीमाया गुरूङले ३९६ मत ल्याएकी छन्।
उपाध्यक्षमा पनि एमाले उम्मेदवार अगाडि छन्। एमालेकी लालसुवा गुरूङले ४७१ मत पाउँदा कांग्रेसका नारायणकुमार श्रेष्ठले ४०२ मत ल्याएका छन्।
मतगणना जारी छ।