सुनसरीको धरान उपमहानगरपालिकामा २१ सय मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ७७३ मतसहित अग्रता कायमै राखेका छन् ।
उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६०३ मतसहित दोस्रो स्थानमा छन् ।
एमाले उम्मेदवार मन्जु भण्डारी ४०८ मत ल्याएर तेस्रो स्थानमा छिन्।
उपमेयरमा गठबन्धनका अइन्द्र बेघा ८५६ मतसहित अगाडि छन्। एमालेका पदम इस्बो लिम्बु ४६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
मतगणना जारी छ।