धरानमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ।
हालसम्म १६०० मतगणना गर्दा कांग्रेसका मेयर उम्मेदवार किशोर राईले ५९२ मत पाएका छन्।
सत्ता गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन्।
लौरो चुनाव चिन्हमा साम्पाङले ४६६ मत पाएका छन्।
तेस्रो स्थानमा रहेकी एमाले मेयर उम्मेदवार मन्जु भण्डारीले २८८ मत पाएकी छन्। राप्रपाले ७० मत पाएको छ ।